Home > About > Message from PM 2068

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका सन्दर्भमा प्रधानमंत्री श्री झलनाथ खनालज्यूले राष्ट्रका नाममा दिनुभएको सन्देश

नेपालमा हालसम्म ३ वटा ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । जसमा वि.सं. २००७ सालको आन्दोलनले राणा शासनलाई समाप्त ग¥यो, वि.सं. २०४६ सालको जनआन्दोलनले ३० वर्षे पंचायती तानाशाही व्यवस्थालाई समाप्त ग¥यो भने जनक्रान्तिको स्वरुप ग्रहण गरेको ऐतिहासिक जनआन्दोलन वि.सं. २०६२÷०६३ ले राजतन्त्रको अन्त्य ग¥यो । तर विडम्बना जनसंख्याको एक चौथाई हिस्सा ओगटेको दलित समुदायमाथि करिव ३५०० वर्षदेखि थोपरिदै आएको र २५० वर्ष लामो सामन्ती राज्यसत्ताको आडमा बाँचिरहेको जातीय छुवाछूत र भेदभाव राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदा समेत अन्त्य हुन नसकेको तीतो यथार्थ हाम्रा सामु जिवित छ ।

आजको दिन हाम्रो मुलुकको सामाजिक आन्दोलनमा महत्वपूर्ण छ । चार वर्ष वर्ष अघि आजकै दिन पुनस्र्थापित प्रतिनिधिसभाले मुलुकलाई छुवाछूतमुक्त घोषणा गरेको थियो । त्यस घटनाले इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत गर्न बाध्य दलित समुदायको मात्र होइन, सम्पूर्ण नेपालीको शीर उ“चो बनाएको थियो ।

दुःखको कुरा, आजसम्म हामीले त्यस घोषणालाई व्यवहारमा कार्यान्वयन गर्न सकेका थिएनौं । यही तथ्यलाई आत्मसाथ गर्दै र नेपाली दलित आन्दोलनको सम्मान गर्दै व्यवस्थापिका संसदको मिति २०६८ जेष्ठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०६६ पारित गरिसकेको छ भने राष्टिय दलित अधिकार आयोगको विद्येयक प्रक्रियामा निकै अघि बढिसकेको छ । जातीय विभेद र छुवाछूत जस्तो अपराधलाई उन्मूलन गर्नका लागि कानुनी प्रावधानहरु कडा पार्नु त छ“दैछ, त्यसबाहेक सामाजिक चेतना र राजनीतिक अभियानका रुपमा समेत यसलाई अघि बढाउन सकेमा अपेक्षित सफलता प्राप्त हुनसक्छ भन्ने विश्वासका साथ नेपाल सरकार मंत्रीपरिषद २०६८ जेष्ठ १९ गतेका दिन आजको दिन जेष्ठ २१ लाई जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्टिय दिवसको घोषणा गर्ने निर्णय गरेको सगौरव अवगत गराउन चाहन्छु ।

यस अवसरमा दलित आन्दोलनमा निरन्तर लाग्नु हुने संगठन तथा व्यक्तिहरु सबैलाई हार्दिक वधाई ज्ञापन गर्न चाहन्छु । साथै सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई हरेक जिल्लामा सर्वपक्षीय जलपान समारोहको आयोजना गरी दिवस मनाउन यसै सन्देश मार्फत निर्देशन जारी गर्दछु । सो अभियानमा सहयोग गर्न सम्पूर्ण राजनीतिक दलहरु, जातीय विभेद तथा छुवाछूत उन्मुलनका सम्बन्धमा क्रियाशील संघ÷संगठन, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, विद्यालय शिक्षक तथा विद्यार्थी, राजनीतिक दलहरु, कर्मचारी, सुरक्षा निकाय, उद्योगी, व्यापारी, पेशाागत संघ÷संगठन लगायतलाई आव्हान गर्न चाहन्छु ।

अन्त्यमा आजको दिनले नेपाली समाजलाई भेदभाव, उत्पीडन र छुवाछूतबाट पूर्ण रुपमा मुक्ति दिलाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै यी सबै उपलब्धीहरुलाई संस्थागत गर्न चालु शान्ति प्रक्रिया, संविधान निर्माण र राज्यको पुनःसंरचानाको महान अभियानमा एकताबद्ध हुन आम नेपाली जनसमुदायमा आव्हान गर्दछु ।

 

झलनाथ खनाल

प्रधानमन्त्री

२१ जेठ, २०६८