छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

हरवाचरवा र तिनका संगठनहरुको क्षमता अभिबृद्धी परियोजना

परियोजना अवलोकन


कार्यकारी सारांश

प्रस्तावित परियोजना नेपालमा हरवाचरवा र तिनका संगठनहरुको क्षमता अभिबृद्धी परियोजना हरवाचरवाका प्रत्येक सञ्जालको संस्थागत विकास गर्ने, वकालतका लागि सञ्जाल सदस्यहरूको नेतृत्वलाई सुदृढ गर्ने, सामूहिक बार्गेनिङ र वार्तालाप कौशल, सदस्यहरूलाई सक्षम बनाउने उद्देश्यका साथ तयार गरिएको हो। सबै प्रकारका शोषणलाई चुनौती दिएर हरवाचरवालाई आफ्नो अधिकार दाबी गर्न सक्ने बनाउनु परियोजनाको उद्देश्य हो । स्थानीय, जिल्ला र राष्ट्रिय स्तरमा सांगठनिक विकासमा हरवाचरवाको क्षमता र तिनीहरूको सञ्जालहरु वृद्धि गरी परियोजनाको उद्देश्य हासिल गरिनेछ। यस परियोजनाले हारवाचरवाको नेतृत्व बिकास गर्दै सरकारी सेवा र स्रोतहरूमा हरवाचरवाको पहुँच बृद्धीका लागि सामूहिक प्रमाणमा आधारित जनवकालतमा प्राविधिक क्षमताको बिकासमा सहयोग गर्न योगदान पुरयाउनेछ । परियोजना हरवाचरवा र तिनका सञ्जालका साथै स्थानीय, जिल्ला र प्रादेशिक स्तरमा सम्बन्धित सरोकारवालासंगको परामर्शमा विकास गरिएको हो। साथै द फ्रिडम फण्डका परामर्शदाता र कार्यक्रम सल्लाहकारसँग पनि श्रृङ्खलाबद्ध परामर्शहरू सहित स्थानीय साझेदारहरूको सरोकारलाई ध्यानमा राखेर आवधीक छलफल समन्वयबाट यो परियोजना तयार गरिएको हो । राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले द फ्रिडम फण्डको आर्थिक सहयोगमा मधेश प्रदेशका ३ जिल्ला (सिराहा, सप्तरी र धनुषा) मा स्थानीय, जिल्ला र राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सदस्यहरूलाई लक्षित गरी यो परियोजना कार्यान्वयन हुनेछ। सन् २०१८ अप्रिल १ देखि ३१ मार्च २०२१ सम्म परियोजना कार्यान्वयन गर्न द फ्रिडम फण्डबाट कुल रु ७,८१७,७०० अनुरोध गरिएको छ।

लक्ष्यः हरवा चरवा बिरद्ध हुने सबै खाले बिभेदको अन्त्य र अधिकार दावीका लागि संस्थागत बिकास तथा सवलीकरण, जनवकालतका लागि नेतृत्व बिकास, सामुहिक सोदाबाजी र वार्तालापमा सिप बिकास गर्ने

उद्देश्यहरुः

उद्देश्य १: संस्थागत बिकासका लागि हरवा चरवा र तिनका संगठन र सञ्जालहरुको क्षमता अभिबृद्धी गर्ने

उद्देश्य २: सरकारी सेवा र श्रोतहरुमा हरवा चरवा र तिनका संगठन र सञ्जालहरुको पहुँच अभिबृद्धी गर्ने

प्रतिफलहरुः

प्रतिफल १.१: स्थानिय, जिल्ला र केन्द्रीय स्तरका हरवा चरवा र तिनका संगठन र सञ्जालहरुको क्षमता अभिबृद्धी भएको हुनेछ ।

प्रतिफल १.२: प्रमाणमा आधारित सामुहिक जनवकालतका लागि हरवा चरवाहरुको नेतृत्व बिकास भएको हुनेछ ।

प्रतिफल २.१: सरकारी सेवा र श्रोतहरुमा पहुँच अभिबृद्धी गर्नका लागि हरवा चरवा र तिनका संगठन र सञ्जालहरुको प्राबिधीक क्षमतामा बिकास भएको हुनेछ ।

मुख्य क्रियाकलापहरुः

१.१ हरवाचरवाका सञ्जालहरुको संगठनात्मक विकासः

१.१.१ स्थानीय स्तरका हरवाचरवा अधिकार मञ्चका बैठकहरु सहजीकरण

१.१.२  जिल्ला स्तरीय हरवाचरवा अधिकार मञ्चका बैठकहरुको सहजीकरण

१.१.३ राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका बैठकहरुको सहजीकरण

१.१.४ हरवाचरवा एक्टीभिष्टहरुको परिचालन मार्फत हरवाचरवा नेटवर्कहरूको संगठनात्मक क्षमता बिकास

१.१.५ प्रमाणको आधारित जनवकालत अभियान सञ्चालन गर्न परियोजना संयोजकको परिचालन

१.१.६  स्थानिय स्तरीय हरवाचरवा अधिकार मञ्चहरुको सम्मेलन

१.१.७ जिल्ला स्तरीय हरवाचरवा अधिकार मञ्चहरुको सम्मेलन

१.१.८  राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको केन्द्रीय सम्मेलन

१.२ हरवाचरवा र तिनका संगठनहरुको क्षमता अभिबृद्धीः

१.२.१ हरावाचरवा अधिकार मञ्चका पदाधिकारीहरुका लागि नेतृत्व विकास तालिम

१.२.२ हरावाचरवा अधिकार मञ्चका पदाधिकारीहरुका सामूहिक सौदाबाजी र वार्तालाप सीप सम्बन्धी तालिम

२.१ सरकारी सेवा र स्रोतहरूमा पहुँचः

२.१.१ सरकारी स्रोत र सेवाहरू सम्बन्धी हरावाचरवा अधिकार मञ्चका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम

२.१.२ स्थानीय सरकारको बजेट विश्लेषण

२.१.३ हरवाचरवाका सवालमा नीतिनिर्माता र प्रमुख सरोकारवालाहरूसँग प्रदेशस्तरीय गोलमेच छलफल

३ अन्तर सम्बन्धीत सवालः

३.१  द फ्रिडम फण्डका स्थानिय साझेदारहरूसँग समीक्षा र समन्वय बैठक

परियोजना विवरण

  • परियोजनाको शीर्षक : हरवाचरवा र तिनका संगठनहरुको क्षमता अभिबृद्धी परियोजना
  • लक्षित समुह : स्थानीय, जिल्ला र राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सदस्यहरू
  • कार्यक्षेत्र : मधेश प्रदेशका ३ जिल्ला (सिराहा, सप्तरी र धनुषा)
  • साँझेदार संस्था : द फ्रिडम फण्ड
  • स्विकृत बजेट : NPR 7,817,700
  • परियोजना अवधि : १ अप्रेल, २०१८ देखि ३१ मार्च, २०२१
  • स्थिति: Completed

परियोजना ग्यालेरी