छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

संसद सहयोग परियोजना

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्वारा संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP)/संसद सहयोग परियोजना (PSP) को आर्थिक सहयोगमा “संसद सहयोग परियोजना” कार्यान्वयन गरिएको थियो। सुदूरपश्चिम प्रदेशसभामा रहेका दलित र अन्य सिमान्तकृत समुहबाट प्रतिनिधत्वि गर्ने प्रदेशसभा सदस्यहरुले संसदभित्र प्रभावकारी भूमिका निर्वाह गर्न सहजीकरण गर्नका लागि २३ अगस्त, २०१९ देखि ३० नोभेम्बर, २०१९ सम्मका लागि यो परियोजना सञ्चालन गरिएको थियो । यो परियोजना सञ्चालनबाट सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका सदस्यहरूको सदन तथा आ आफ्नो समितिमा आवश्यक पर्ने विधायी कार्यविधिको व्यवहारिक ज्ञान र सीपको बिकास भएको छ भने विधेयकमाथिको विषयगत र दफावार छलफलमा भाग लिने सदस्यहरूको आत्मविश्वास बढेको छ । कार्यक्रमबाट २० जना लक्षित प्रदेशसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रका मुद्दा उठाउन सक्षम भएका थिए ।

उद्देश्यः सुदूरपश्चिम प्रदेशसभाभित्र प्रभावकारी भूमिका निर्वाह गर्न महिला र पिछडिएका समूहहरू सहित दलित प्रदेशसभा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने

कार्यगत क्षेत्र

विषयवस्तु १: विधायीका कार्यविधिमा क्षमता अभिवृद्धि

विषयवस्तु २: विषयगत र दफावार छलफलहरूमा आत्मविश्वास निर्माण

विषय ३: प्रक्रिया र प्रमाण संकलन

विषयवस्तु ४:  प्रभावकारी नेतृत्व, वार्ता र नेटवर्किङ्ग सवलीकरण

मुख्य क्रियाकलापहरुः

क्रियाकलाप १.१: प्रदेशसभाको बजेट निर्माण प्रक्रियामा मेन्टोरिङ्ग

क्रियाकलाप १.२: सवालहरुको पहिचान, प्राथमिकता र योजना प्रक्रियामा मेन्टोरिङ्ग

क्रियाकलाप १.३: कानून निर्माण प्रक्रियामा मेन्टोरिङ्ग

क्रियाकलाप १.४: नीति, कानून र नियमावली समीक्षा प्रक्रियामा मेन्टोरिङ्ग

क्रियाकलाप १.५: लैंगिक समानता र सामाजिक समावेशीकरण (जेसी) मैत्री नीति  तथा कार्यक्रम निर्माण प्रक्रियामा मेन्टोरिङ्ग

क्रियाकलाप २.१: विधेयकहरूमा विषयगत र दफावार छलफलको महत्त्व र सीपहरू सम्बन्धी मेन्टोरिङ्ग

क्रियाकलाप  २.२: संसदीय प्रणाली, यसको नियम र नियमनमा मेन्टोरिङ्ग

क्रियाकलाप २.३: प्रदेशसभामा प्रभावकारी भूमिकाको बारेमा संबिधानसभा सदस्यहरूसँग अनुभव आदान प्रदान सम्बन्धी मेन्टोरिङ्ग

क्रियाकलाप ३.१: विधेयकहरूमा संशोधनको तयारीमा मेन्टोरिङ्ग

क्रियाकलाप ३.२: प्रभावकारी संसदीय भूमिका र निर्वाचन क्षेत्र र क्लस्टरहरूको प्रतिनिधित्वमा मेन्टोरिङ्ग

क्रियाकलाप ४.१: नेतृत्व विकास र सामुहिक वार्तालापका लागि क्षमता निर्माण सम्बन्धी मेन्टोरिङ्ग

क्रियाकलाप ४.२: नागरिक र सरोकारवालाहरूसँग आमनेसामने संवाद र प्यानल छलफल सम्बन्धी मेन्टोरिङ्ग

 

परियोजना विवरण

  • परियोजनाको शीर्षक : संसद सहयोग परियोजना
  • लक्षित समुह : दलित र अन्य सिमान्तकृत समुहबाट प्रतिनिधत्वि गर्ने प्रदेशसभा सदस्यहरु
  • कार्यक्षेत्र : सुदूरपश्चिम प्रदेशसभा
  • साँझेदार संस्था : संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP)/संसद सहयोग परियोजना (PSP)
  • स्विकृत बजेट : NPR 933,500
  • परियोजना अवधि : २३ अगस्त, २०१९ देखि ३० नोभेम्बर, २०१९
  • स्थिति: Completed

परियोजना ग्यालेरी