संविधान कार्यान्वयन भए दलितमाथिको विभेद अन्त्य हुन्छ : प्रदेश प्रमुख
![संविधान कार्यान्वयन भए दलितमाथिको विभेद अन्त्य हुन्छ : प्रदेश प्रमुख](https://www.rdnnepal.org.np/frontend/images/content/2024-03-22-10-38-29-000-265fd5fa.jpg)
संविधान कार्यान्वयन भए दलितमाथिको विभेद अन्त्य हुन्छ : प्रदेश प्रमुख
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/03/IMG_8689-768x479.jpg?resize=720%2C449&ssl=1)
धनगढी/ सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मानवले मानव भएर बाँच्न पाउनु पर्ने बताएका छन् ।
५९ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को सन्र्दभमा विहीबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको बताए ।
उनले भने, दलित आन्दोलनका कारण आज संबिधानमा दलित अधिकार लेखिएको छ । दलितलाई गरिने अमानवीय, अमर्यादित असुरक्षित गर्ने कुरा गलत हुन भनेर संविधानमा स्पष्ट छ त्यसको कार्यान्वयन हुन जरुरी छ ।
प्रदेश प्रमुख मियाले सबै मिलेर संविधानको कार्यान्वयनमा जान सके मात्रै दलित अधिकारको सुनिश्चितता हुने पनि बताए । उनले भने, जबसम्म समाजमा दलितमाथि समानता र समान व्यवहार हुदैन तबसम्म दलित आन्दोलन जारी रहनुपर्छ ।
उनले दलित अधिकार स्थापित गर्ने कुरामा प्रदेश प्रमुखको हैसियतले आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य ललिता सुनार, लक्ष्मी विक, भजनी उपमेयर राजु तिरुवा, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, एमालेका अध्यक्ष यज्ञ ढुगाना , नेपाली कांग्रेसका सचिव नृप सुनार, माओवादीका नेता लाजुराम चौधरी लगायतले बोलेका थिए ।
दतिल गैरसकारी संस्था महासंघ (डिएनएफ) सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रेम विसीअध्यक्षतामा भएको कार्यक्रममा दलित अगुवा चक्र विकले दलित अधिकार र कार्यान्वयन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम नागरिक अगुवा हुकुम साकीले सञ्चालन गरेका थिए ।
कार्यक्रम अघि धनगढीको शहिद गेटबाट रेडक्रस लाइनसम्म प्रभात र्याली निकालिएको थियो । र्यालीमा सरकारी क्षेत्र र सामाजिक क्षेत्रका अगुवाको सहभागिता थियो ।
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/03/433023466_1376972279688583_2537092892934498308_n-768x576.jpg?resize=720%2C540&ssl=1)