छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

सार्वजनिक बित्त ब्यवस्थापन परियोजना (पहिलो चरण)

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्र (सेसी) को आर्थिक सहयोगमा नागरिक संलग्नता मार्फत कैलाली जिल्लाको चौमाला र मसुरिया गाविसको सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार परियोजना अन्तरगत पहिलो चरण कार्यान्वयन गरेको थियो । यो परियोजना कैलालीका २ गाविस (चौमाला र मसुरिया) मा १ मे २०१३ देखि २८ फेब्रुअरी २०१४ सम्मका लागि गाविस, जिबिस, अन्य सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरू र उपभोक्ता समुहलाई लक्षित गरी कार्यान्वयन गरिएको थियो। बजेट तर्जुमा, वितरण र विश्लेषण, सार्वजनिक खर्च र सार्वजनिक खरिद अनुगमन जस्ता सार्वजनिक वित्तीय व्यवस्थापनका सामाजिक उत्तरदायित्वका चुनौतीहरू व्यवस्थापन गर्न दर्जनौं संयन्त्र र औजारहरु विकास गरिएको छ। सार्वजनिक वित्तीय व्यवस्थापनको विकास र सार्वजनिक स्रोतको प्रभावकारी सुव्यवस्थित गर्नका लागि नेपाल सरकारले कानुन र संस्थागत संयन्त्र पनि बनाएको छ ।संस्थागत, कानुनी र नागरिक संरचना भए पनि कार्यविधि र विद्यमान अभ्यासमा इमान्दारिताको अनुभूति भएको छैन । यसै तथ्यलाई मध्यनजर गर्दै यो परियोजना सञ्चालन गरिएको थियो ।

समग्र उद्देश्यः सामाजिक जवाफदेशिताका औजारहरुको प्रयोगलाई बढावा दिई लक्षित क्षेत्रहरूमा सार्वजनिक वित्त व्यवस्थापनको पारदर्शिता, दक्षता र समावेशीतालाई सवलीकरण गर्ने

परिणामहरूः

नतिजा १: परियोजनाको लक्षित समूहले गाविसको बजेटमा स्थानीय सरकारको बजेट प्रक्रियाको बारेमा चेतना बढाउनेछ र उनीहरूले गाविसको बजेटलाई लैङ्गिक र गरिबमैत्री ढंगबाट विश्लेषण गर्न सक्षम हुनेछन् ।

नतिजा २: परियोजनाको लक्षित समूहबाट छनोट गरिएका सदस्यहरूले गाविसहरूको खर्च पच्छयाउन सक्नेछन ।

नतिजा ३: परियोजनाको लक्षित समूहबाट चयन गरिएका सदस्यहरूले गाविसको बजेटबाट सञ्चालन भएका आयोजनाहरूको सार्वजनिक खरिद प्रक्रियाको अनुगमन गर्ने क्षमता बढाउनेछन ।

प्रतिफलहरुः

प्रतिफल १: दुवै गाविसका प्रशिक्षित नागरिक समूहहरूद्वारा लैङ्गिक र गरिबमैत्री बजेट विश्लेषणको परिणामस्वरुप  दुवै गाविसको कम्तीमा एक आर्थिक वर्षको बजेट विश्लेषणको प्रतिवेदन तयार भएको हुनेछ ।

प्रतिफल २: प्रशिक्षित नागरिक समूहहरूद्वारा दुवै गाविसको कम्तीमा एक आर्थिक वर्षको कम्तिमा एक बजेट शीर्षकको सार्वजनिक खर्च पच्छयाउने सम्बन्धी प्रतिवेदन तयार हुनेछ ।

प्रतिफल ३: प्रशिक्षित नागरिक समूहहरूद्वारा दुवै गाविसको कम्तीमा एउटा हालको आयोजनाको सार्वजनिक खरिद अनुगमनसम्बन्धी प्रतिवेदन तयार हुनेछ ।

प्रतिफल ४: गाविसको दैनिक कार्यमा राम्रो नतिजा ल्याउन नागरिक, नागरिक समूह र सेवा प्रदायकहरूको संलग्नता बढेको हुनेछ 

मुख्य क्रियाकलापहरुः

प्रतिफल अन्तरगतका क्रियाकलापहरुः

क्रियाकलाप 1.1: बजेट साक्षरता अभिमुखीकरण

क्रियाकलाप 1.2: स्थानीय बजेट सम्बन्धी  सूचनामुलक सामग्रीको उत्पादन र प्रचार

क्रियाकलाप 1.3: स्थानीय बजेट सम्बन्धी रेडियो कार्यक्रमको उत्पादन र प्रशारण

क्रियाकलाप 1.4:  बजेट विश्लेषण समबन्धी अभिमुखीकरण

क्रियाकलाप 1.5: सहभागितामूलक बजेट विश्लेषण

प्रतिफल अन्तरगतका क्रियाकलापहरुः

क्रियाकलाप 2.1: सार्वजनिक खर्च पच्छयाई सर्वेक्षण सम्बन्धी स्वयंसेवकहरूलाई अभिमुखीकरण

क्रियाकलाप 2.2: सार्वजनिक खर्च पच्छयाई सर्वेक्षण सम्बन्धी प्रश्नावली, पूर्वपरिक्षण, संशोधन र प्रिन्टीङ्ग

क्रियाकलाप  2.3: डाटा सङ्कलन

क्रियाकलाप 2.4: डाटा प्रविष्टि, डाटा क्लिनिङ र डाटा टेबुलेशन

क्रियाकलाप 2.5: विश्लेषण, व्याख्या र प्रतिवेदन

प्रतिफल अन्तरगतका क्रियाकलापहरुः

क्रियाकलाप 3.1: नागरिक अनुगमन समितिलाई अभिमुखीकरण

क्रियाकलाप 3.2: नागरिक अनुगमनसमितिद्वारा फिल्ड अवलोकन

क्रियाकलाप 3.3: गाविस र उपभोक्ता समितिको अभिलेख र कागजातहरूको निरीक्षण

क्रियाकलाप 3.4:  नागरिक अनुगमन समितिको आवधिक बैठक

क्रियाकलाप 3.5: एउटा आयोजनाको खरिद अनुगमनको प्रतिवेदन तयार गर्ने

प्रतिफल अन्तरगतका क्रियाकलापहरुः

क्रियाकलाप 4.1: सेवा प्रदायकहरूसँग प्रारम्भिक परामर्श बैठक

क्रियाकलाप 4.2: गाविस स्तरमा लक्षित समूहहरूसँग प्रारम्भिक परामर्श

क्रियाकलाप 4.3: बजेट विश्लेषण, सार्वजनिक खर्च पच्छयाई सर्वेक्षण। र सार्वजनिक खरिद अनुगमनको नतिजा तथा निष्कर्षहरू प्रसारित गर्न नागरिकहरूसँग गाविस स्तरिय संवाद

क्रियाकलाप 4.4: जिल्ला स्तरिय परियोजना समीक्षा बैठक

परियोजना विवरण

  • परियोजनाको शीर्षक : सार्वजनिक बित्त ब्यवस्थापन परियोजना (पहिलो चरण)
  • लक्षित समुह : प्राथमिक लक्षित समुहहरुः दलित समुदाय विशेष गरी हलियाखलियाहरू, महिला, जजजाति र मसुरिया र चौमाला गाविसका अन्य सीमान्तकृत समुदायहरू र द्धितीय लक्षित समुहहरुः गाविस, जिबिस, अन्य सरकारी र गैरसरकारी निकायहरू, उपभोक्ता समुहहरु, राजनीतिक दल, सञ्चारमाध्यम आदि
  • कार्यक्षेत्र : कैलाली जिल्लाक २ गाबिसहरु (चौमाला र मसुरिया)
  • साँझेदार संस्था : अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्र (सेसी)
  • स्विकृत बजेट : NRs 10,59,450
  • परियोजना अवधि : १ मे २०१३ देखि 28 फेब्रुअरी २०१४
  • स्थिति: Completed

परियोजना ग्यालेरी