छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

सार्वजनिक बित्त ब्यवस्थापन परियोजना(दोश्रो चरण)

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेपाल (RDN) नेपालले अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्र (CECI) को आर्थिक सहयोगमा सार्वजनिक बित्त ब्यवस्थापन परियोजनाको दोश्रो चरण कार्यान्वयन गरेको थियो। उक्त परियोजना कैलाली जिल्लाका १० वटा गाविसमा सन् १ अगस्ट, २०१५ देखि ३० अक्टोबर, २०१६ सम्मको अवधिमा सञ्चालन भएको थियो । नेपालमा जवाफदेहिता सम्बन्धी कार्यक्रम (प्रान) विश्व बैङ्कको कार्यक्रम हो जसले नेपालमा असल शासनको माग प्रवद्र्धन गर्दछ, र यो नेपाल सरकारसँग भएको सम्झौता अनुसार सञ्चालन भएको थियो । प्रानको प्रथम चरणमा बिश्व बैङ्कको राज्य र शान्ति–निर्माण कोष र वहु दातृ कोषवाट बित्तिय सहयोग प्राप्त भएको थियो । प्रानको प्रथम चरण सेप्टेम्वर २०१४ मा सफलताका साथ समाप्त भएको थियो । यो दोश्रो चरणका लागि पनि विश्व वैंक मार्फत वहु दातृ कोषवाट जुलाई २०१५ देखि डिसेम्वर २०१६ सम्मका लागि सहयोग प्राप्त भएको थियो । प्रानको प्रमुख उद्देश्य नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको क्षेत्रमा पारदर्शीता, जवाफदेहिता, सक्षमता र समावेशिता प्रवद्र्धन गर्नु हो । प्रानले नागरिक समाज संस्थाहरु र अन्य गैर–राज्य संस्थाहरुको, सामाजिक जवाफदेहिता सम्वन्धी अवधारणा र औजारहरुको प्रभावकारी प्रयोगको माध्यमवाट, सुशासनका लागि सरकारी निकायहरुसँग रचनात्मक रुपमा संलग्न हुने, क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।

मुख्य उद्देश्यः सामाजिक जवाफदेहिताको प्रयोगलाई बढावा दिई लक्षित क्षेत्रहरूमा सार्वजनिक वित्तीय व्यवस्थापनको पारदर्शिता, दक्षता र समावेशीतालाई सुदृढ गर्ने

नतिजाहरुः

नतिजा १: कार्यक्रम क्षेत्रका समुदायहरू (विशेष गरी सीमान्तकृत मानिसहरू) स्थानीय सरकारहरूलाई सहभागितामूलक, गरिब र लैङ्गिकमैत्री समावेशी बजेट  कार्यान्वयनका लागि जवाफदेही बनाउन सक्षम भएका हुनेछन ।

नतिजा २: नागरिकको व्यक्तिगत सामाजिक सुरक्षा हक (विशेष गरी ज्येष्ठ नागरिक र एकल महिलाको हक( र आधारभूत शिक्षा सेवामा पहुँच बृद्धी भएको हुनेछ ।

नतिजा ३: पारदर्शी, समावेशी र जवाफदेही सार्वजनिक बित्त ब्यवस्थापनको लागि राष्ट्रिय  सक्षम वातावरण सुधारिएको हुनेछ ।

प्रतिफलहरुः

प्रतिफल १.१: गाविस स्तरमा सामाजिक परिचालकहरु सामाजिक जवाफदेशिताका औजारको प्रयोगबारे राम्ररी सुसज्जित छन्

प्रतिफल १.२: नागरिक सचेतना केन्द्रहरू स्थापना गरी कार्यात्मक बनाइएका छन्

प्रतिफल १.३: गाविसको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिन्छ

प्रतिफल १.४: गाविस र आईपीएफसीहरू गरिब र लैङ्गिक संवेदनशील योजना र बजेटप्रति संवेदनशील छन्

प्रतिफल १.५: गाविस र वडा नागरिक मञ्च स्थानीय निकाय स्रोत परिचालन र व्यवस्थापन सञ्चालन दिशानिर्देशहरू २०६९ (खरीद मुद्दाहरू सहित) लागू गर्न सक्षम छन्।

प्रतिफल १.६: सामाजिक परिचालक र वडा नागरिक मञ्चहरु छनोट भएका गाविसहरूमा बजेट साक्षरता, लैङ्गिक र गरीबमैत्री बजेटमा समुदायमा आधारित IEC सामग्रीहरू प्रयोग गर्न प्रशिक्षित भएका हुनेछन ।

प्रतिफल १.७: सार्वजनिक लेखापरीक्षण र सहभागितामूलक खरिद अनुगमनका लागि गाविस स्तरको सुपरिवेक्षण तथा अनुगमन समितिलाई तालिम दिइएको हुनेछ ।

प्रतिफल १.८: वडा नागरिक मञ्चहरु (WCFs) MoFALD दिशानिर्देशहरू अनुसार सशक्त र कार्यात्मक छन्।

प्रतिफल १.९: हाल प्रयोगमा रहेका गुनासो संयन्त्रहरूको समीक्षा गरी गाविसमा सवलीकरण भएका हुनेछन ।

मुख्य क्रियाकलापहरुः

क्रियाकलाप १.१.१: जिल्ला स्तरीय परिचयात्मक कार्यशाला 

क्रियाकलाप १.१.२: गाविस स्तरीय सहभागी बैठक क्रियाकलाप

१.१. ३: सामाजिक जवाफदेहिताका औजारहरु र LCDP/MoFALD LB स्रोत परिचालन र व्यवस्थापन निर्देशिकाको प्रयोग २०६९ बारे सामाजिक परिचालकका लागि जिल्ला स्तरीय तालिम 

क्रियाकलाप १.२.१: गाविसहरूमा नागरिक सचेतना केन्द्र स्थापना गर्न र अवस्थित नागरिक सचेतना केन्द्र कार्यात्मक बनाउन सहजीकरण

क्रियाकलाप १.३.१: गाविसहरूलाई उनीहरूको वार्षिक लेखापरीक्षण प्रतिवेदन जारी गर्नमा सहयोग

क्रियाकलाप १.४.१: लैंगिक समनता र सामाजिक समावेशीकरण (जेसी), सूचनाको हक, सहभागीमुलक योजना र बजेट  (बजेट सचेतना, लैङ्गिक र गरीबमैत्री बजेट) मा नागरिक वडा मञ्च, नागरिक सचेतना केन्द्र IPFCs  प्रतिनिधिहरूलाई गाबिस स्तरीय तालिम

क्रियाकलाप १.५.१: स्थानीय निकाय स्रोत परिचालन र व्यवस्थापन सञ्चालन निर्देशिका २०६९ र खरिदमा स्थानीय स्तरमा नागरिक वडा मञ्चहरुलाई तालिम

क्रियाकलाप १.६.१: बजेट साक्षरता, लैङ्गिक र गरीब समर्थक बजेटमा MoFALD/LGCDP समुदायमा आधारित IEC सामग्रीहरूको प्रयोगको बारेमा सामाजिक परिचालक लाई तालिम

 क्रियाकलाप १.६.२: बजेट साक्षरता, लैङ्गिक र गरीबमैत्री बजेटमा MoFALD/LGCDP समुदायमा आधारित IEC सामग्रीहरूको प्रयोगमा नागरिक वडा मञ्चहरुलाई तालिम

क्रियाकलाप १.६.३: गाविसमा गरीब समर्थक र लैङ्गिक बजेट विश्लेषण

क्रियाकलाप १.७.१: गाविसको सुपरिवेक्षण तथा अनुगमन समितिलाई सार्वजनिक लेखापरीक्षण र सहभागितामूलक खरिद अनुगमन तालिम

क्रियाकलाप १.८.१: वडा स्तरीय योजना बैठक र सार्वजनिक सुनुवाई र सार्वजनिक लेखापरीक्षणको लागि सहजीकरण

क्रियाकलाप १.८.२: नागरिक वडा मञ्चहरुलाई प्राविधिक सहयोग

क्रियाकलाप १.८.३: नागरिक वडा मञ्चहरुसंग वार्षिक योजना बैठक सञ्चालन गर्न र MoFALD निर्देशिका अनुसार दस्तावेजीकरण गर्न गाबिसलाई सहयोग

क्रियाकलाप १.९.१: गुनासो सुनुवाई संयन्त्र सम्बन्धी अभिमुखीकरण र गाबिस र जिबिसमा अवस्थित गुनासो सुनुवाई संयन्त्र को समीक्षा

क्रियाकलाप १.९.२: गुनासो सुनुवाई संयन्त्र स्थापना र सवलीकरण

क्रियाकलाप १.९.३: गाबिस र जिबिसमामा गुनासो सुनुवाई संयन्त्रको प्रभावहीनता को कारण को पहिचान

क्रियाकलाप १.९.४: गुनासोहरूको विश्लेषण र गाबिस र जिबिसमा स्तरमा गुनासो सुनुवाई संयन्त्रको प्रभावहीनताको बिश्लेषण

क्रियाकलाप १.९.६: सार्वजनिक सुनुवाइ

क्रियाकलाप १.९.७: गुनासो सुनुवाई संयन्त्रको समीक्षा, गुनासो सङ्कलन र विश्लेषण

अन्तिम गतिविधि: जिल्ला स्तरको अन्तिम सिकाई आदान प्रदान कार्यशाला गोष्ठी

परियोजना विवरण

  • परियोजनाको शीर्षक : सार्वजनिक बित्त ब्यवस्थापन परियोजना(दोश्रो चरण)
  • लक्षित समुह : सिमान्तकृत समुहबाट प्रतिनिधीत्व गर्ने नागरिकहरु बिशेषगरी दलित, जनजाती, जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका ब्यक्तिहरु लगायत वडा नागरिक मञ्चहरु, नागरिक सचेतना केन्द्रहरु, सामाजिक परिचालकहरु, गाबिस र जिबिस
  • कार्यक्षेत्र : कैलाली जिल्लाका १० गाबिसहरु (चौमाला, मसुरिया, उदासीपुर, पहलवानपुर, कोटतुल्सीपुर, दोडोधारा, प्रतापपुर, जानकीनगर, गोदावरी र सहजपुर)
  • साँझेदार संस्था : अध्ययन तथा सहयोग केन्द्र (सेसी)
  • स्विकृत बजेट : NPR 1,900,000
  • परियोजना अवधि : १ अगस्ट, २०१५ देखि ३० अक्टोबर, २०१६
  • स्थिति: Completed

परियोजना ग्यालेरी