छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

माछापालनमा आधारित कृषि वन कार्यक्रम

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्धारा Forest and Farm Facility (FFF) को आर्थिक सहयोगमा “माछापालनमा आधारित कृषि वनको माध्यमबाट गरिब दलित महिला र युवाहरूको सामाजिक(राजनीतिक र आर्थिक स्थितिमा सुधार” परियोजना कार्यान्वयन भयो। दलित महिला र युवालाई लक्षित गरी कपिलवस्तुको शिवराज नगरपालिकामा गत डिसेम्बर २८ देखि २०२२ मार्च ३१ सम्म उक्त परियोजना कार्यान्वयन गरिएको थियो । यस परियोजनाको मुख्य उद्देश्य दलित महिला तथा युवाहरूको सामाजिक, आर्थिक स्थिति र राजनीतिक प्रतिनिधित्वलाई सार्वजनिक, निजी र सामुदायिक स्रोतहरूमा बृद्धि गर्नु थियो। आयोजनाले दियालो नेपाल र मिलिजुली कृषि समूहसँग समन्वय गरेको थियो । जातीय भेदभाव र छुवाछुत, लैङ्गिक हिंसा, निर्णयमा दलित महिला र युवाको सहभागिता नहुने जस्ता अनगिन्ती चुनौतिहरूको सामना गरिरहेको सन्दर्भमा परियोजना कार्यान्वयन गरिएको थियो । परियोजना लक्षित क्षेत्रका ९० प्रतिशतभन्दा बढी दलित, महिला र युवाले उचित र समान पारिश्रमिक नपाएको र आम्दानीका लागि अनौपचारिक क्षेत्रमा लागेका लागेको कुरा देखाएको छ । थप रूपमा, लक्षित जनसंख्याको भूमि अधिकार र आय आर्जन गतिविधिहरूमा कम पहुँच छ। यी समस्याहरुले दलित, महिला र युवाहरूको जीवनको हरेक क्षेत्रमा प्रभाव पारेको छ ।

उद्देश्यः सार्वजनिक, निजी र सामुदायिक स्रोत साधनमा दलको सामाजिक आर्थिक हैसियत र राजनैतिक प्रतिनिधित्वमा वृद्धि गर्ने

प्रतिफलः

प्रतिफल १: प्रमाणका आधारमा वकालत गरेर सार्वजनिक सेवा, स्रोत र अवसरहरूमा पहुँच गर्न दलित महिला र युवाहरूको क्षमता वृद्धि भएको हुनेछ ।

प्रतिफल २: माछापालनमा आधारित कृषि वन जिवीकोपार्जन मार्फत दलित, महिला र युवाहरूको उद्यमशीलता क्षमताको विकास भएको हुनेछ ।

मुख्य क्रियाकलापहरुः

१. आधारभूत सर्वेक्षण

२. समूह सदस्यहरूको लागि नेतृत्व विकास तालिम सञ्चालन

३. स्थानीय सरकारको  लैंगिक र गरीवमैत्री बजेट विश्लेषण वकालत

४. सरकारी निकाय र सामाजिक संरचनाहरूमा दलित, महिला र युवाहरूको अर्थपूर्ण सहभागिता बढाउन जनवकालत अभियान

५. समूहका सदस्यहरू (दलित, महिला र युवा) लाई मत्स्यपालनमा आधारित कृषि वनसम्बन्धी तालिम

६. दलित, महिला युवाहरुलाई वित्तीय साक्षरता तालिम सञ्चालन

७. मत्स्य कृषि वनका प्रतिनिधिहरुलाई बजार विश्लेषण र विकास तालिम सञ्चालन

 

परियोजना विवरण

  • परियोजनाको शीर्षक : माछापालनमा आधारित कृषि वन कार्यक्रम
  • लक्षित समुह : दलित महिला र युवा
  • कार्यक्षेत्र : कपिलवस्तुको शिवराज नगरपालिका
  • साँझेदार संस्था : Forest and Farm Facility/ खाद्य र कृषि संगठन
  • स्विकृत बजेट : NPR 727700
  • परियोजना अवधि : २८ डिसेम्बर, २०२० देखि ३१ मार्च, २०२२
  • स्थिति: Completed

परियोजना ग्यालेरी