छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

मतदाता शिक्षा अभियान

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (United Nations Development Programme)/Electoral Support Project को आर्थिक सहयोगमा “मतदाता शिक्षा अभियान”कार्यान्वयन गरेको थियो। यो परियोजना सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला हरु ( कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ्ग, डडेल्धुरा, डोटी, अछाम र बाजुरा) का १८ पालिकाका २०० वडाहरुमा ५ हजार सीमान्तकृत दलित समुदाय बिशेषगरी लक्षित गरी हलिया, भूमिहीन दलित र वादीलाई लक्षित गरेर सञ्चालन गरियो । परियोजनाको अवधि १५ अप्रिल २०२२ देखि २०२२ जेठ २०२२ सम्म रहेको थियो। यस कार्यक्रमको मुख्य लक्ष्य भनेको दलित सीमान्तकृत समुदायः मुक्त हलिया, भूमिहीन दलित र वादीलाई लोकतान्त्रिक राजनीतिक सहभागितामार्फत शिक्षा कार्यक्रम सञ्चालन गर्ने रहेको थियो । औचित्यः नेपाल सरकारले २०२२ मे १३ मा लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको थियो । मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ बमोजिम राजनीतिक अधिकार अन्तर्गत मतदानको अधिकार प्रमुख अधिकार हो। अर्कोतर्फ, लोकतन्त्र भनेको जनताको, जनताको लागि र जनताद्वारा गरिने शासन हो जसका कारणले मतदानको अधिकारको महत्वलाई थप सुदृढ बनाउँछ । संक्षेपमा भन्नुपर्दा, जनताको मताधिकार लोकतन्त्रको प्रमुख स्तम्भ हो । विगतका घटना र अनुभवले देखाएको छ कि विशेषगरी गरिब, दलित, महिला, सीमान्तकृत जनजाति, कमैया, हलियालगायत धेरैले आफ्नो मताधिकार प्रयोग गर्न नसक्दा अन्योल श्रृजना भएको छ । नेपालको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म देखिएको यसका मुख्य कारणहरु हुन्ः सूचनाको अभाव, मतदान अधिकारप्रति अनभिज्ञता र कहिलेकाहीँ लापरवाही पनि । अर्कोतर्फ नेपालको लामो र भ्रष्ट कर्मचारीतन्त्रका कारण नागरिकताको प्रमाणपत्र नभएका मुक्त कमैया, हलिया र बादी धेरै छन् । त्यसैगरी मजदुरीका लागि भारत जानेहरु पनि मतदानको अधिकारबाट वञ्चित छन् । तसर्थ, सीमान्तकृत दलितहरूका लागि मतदाता शिक्षा आवश्यक छ ।

लक्ष्यः दलित सीमान्तकृत समुदायः मुक्त हलिया, भूमिहीन दलित र वादीलाई लोकतान्त्रिक राजनीतिक सहभागितामार्फत शिक्षा कार्यक्रम सञ्चालन गर्ने

उद्देश्यहरुः

उद्देश्य १: सीमान्तकृत दलित समुदायः मुक्त हलिया, भूमिहीन दलित र वादी मतदाताहरूतदाताहरूलाई आगामी स्थानीय चुनावमा लोकतान्त्रिक सहभागिताका लागि सचेत गराउने

उद्देश्य २: संवैधानिक व्यवस्था अनुसारआगामी स्थानीय निर्वाचनमा विभिन्न राजनीतिक दलको उम्मेदवारीमा दलितको समानुपातिक सहभागिता (न्यूनतम १३.२%) वृद्धि गर्ने

उद्देश्य ३: निर्वाचन आयोगको सामाजिक सञ्जाल अभियान मार्फत भोटको वैध दर सुनिश्चित गर्ने

प्रतिफलहरुः

  • स्थानीय तहमा नमुना मतदानका साथ सामुदायिक स्तरको मतदाता शिक्षा कार्यक्रम मार्फत ५००० सीमान्तकृत दलितहरूहरु सचेत हुनेछन ।
  • मतदाता शिक्षाको लागि कुल १८ जना सामाजिक परिचालक र दलित एक्टीभिटिहरु संगठित र सशक्तिकरण गरि परिचालन भएका हुनेछन ।
  • दलित नागरिक समाज संस्थाहरु, राजनितिक दलका नेताहरू, सम्भावित उम्मेदवारहरू र सामाजिक अभियान्ताबाट प्रतिनिधीत्व हुनेगरी ४० जना सहभागीहरूले संवैधानिक प्रावधान अनुसार सामाजिक समावेशीकरणका सवालमा आफ्नो क्षमता अभिवृद्धि गरेका हुनेछन ।
  • मतदाता शिक्षा सामग्री, फीचर स्टोरीहरू, जिंगल प्रसारण गर्न र सामाजिक सञ्जालको प्रयोग हुनेछ ।
  • मतदाता शिक्षा अभियानको ५०० प्रति प्रतिबेदन प्रकाशन भएको हुनेछ ।

मुख्य क्रियाकलापहरुः

  • मतदाता शिक्षा र नमुना मतदानबारे सामाजिक परिचालक र स्वयंसेवकहरुलाई अभिमुखीकरण
  • सामाजिक परिचालक र स्वयम्सेवकहरुको परिचालन
  • मतदाता शिक्षा अभियान
  • सुदूरपश्चिम प्रदेश स्तरीय दलित नागरिक समाज, राजनितिक दलका नेता, सम्भावित उम्मेदवार र सामाजिक सामाजिक अभियान्तासँग स्थानिय तरहको निर्वाचन  समावेशीकरण सम्बन्धी एकदिवसीय अन्तरक्रिया
  • सञ्चार साँझेदारी अभियान
  •  प्रतिवेदन प्रकाशन

परियोजना विवरण

  • परियोजनाको शीर्षक : मतदाता शिक्षा अभियान
  • लक्षित समुह : ५००० सीमान्तकृत दलित, मुक्त हलिया, भूमिहीन दलित र वादी समुदाय
  • कार्यक्षेत्र : सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला हरु ( कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ्ग, डडेल्धुरा, डोटी, अछाम र बाजुरा) का १८ पालिकाका २०० वडाहरु
  • साँझेदार संस्था : नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (United Nations Development Programme)/Electoral Support Project
  • स्विकृत बजेट : NPR 997,500
  • परियोजना अवधि : १५ अप्रेल, २०२२ देखि ३० मे, २०२२
  • स्थिति: Completed

परियोजना ग्यालेरी